प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

२०८० भाद्र ३, आईतबार १४:२३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ स्थित हेटौंडा एकेडेमीमा २ कक्षामा अध्ययनरत ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्ने व्यक्ति बसका सहचालक रहेका छन् । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

घरबाट विद्यालय जान बस चढेकी बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ। साउन १५ गतेका दिन बिहान बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी पछि प्रहरीले सहचालकलाई शनिबार पक्राउ गरेको प्रवक्ता कार्कीले बताएका छन् ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।