प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको राप्तिरोडमा भ्यानले पैदलयात्रीलाई ठक्कर दियो

२०८० बैशाख १०, आईतबार ०३:०६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१० राप्तिरोडमा भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

आइतबार विहान बुद्धचोकबाट थानाभर्याङ तर्फबाट जाँदै गरेको बा १७ च ७७७९ नम्बरको बेकरी सामान बोकेको भ्यानले हेटौंडा बसपार्क बस्ने बर्ष ५३ को अशोक साहीलाई ठक्कर दिएको हो ।

भ्यानको ठक्करबाट पैदलयात्री साहीको टाउको र शरिररको बिभिन्न भागमा चोट लागेको छ । उनको उपचारका लागि हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाईते साहीको अवस्था मध्यम रहेको छ । ठक्कर दिने भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।