हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ६ एक व्यक्तिको शव फेला परेको छ ।
वडाको राईटोलमा स्थानीय ६५ वर्षीय खड्कबहादुर रसाईलीको शव मंगलबार विहान फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
रसाईलीको शव आफ्नै घरनजिकै करिब ३ सय मिटरको दुरीमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।