प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भरुवा बन्दुकले लागेर एक जना घाइते

२०८१ असार ७, बिहीबार ०९:११ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.१० कोसिराङमा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय बर्ष ३१ को बिजय घलान रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी आफ्नै घरबाट लडेर खुट्टामा चोट लागेर उपचारको लागि मोडेल अस्पताल मकवानपुर
आएका थिए । बुधबार अपरेसन गर्नु पर्ने भएपछि उनले आफ्नै बारीमा बादर लखेट्ने क्रममा भरुवा बन्दुक पट्काउदा छर्राले आफैलाई लागेर घाइते भएको भनेर प्रहरी कक्षलाई जानकारी गराएको प्रहरीेले जनाएको छ ।

लाईसेन्स नभएको बन्दुक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।