प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ असार ३, शुक्रबार ०८:४२ बजे

हेटौंडा – मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचथरको हिलिहाँङ गाउँपालिका–७ स्थित मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक हिलिहाङ–४ का ३६ बर्षीय रमेश योङयाको मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा स्थित भिरमा अड्किएको अवस्थामा फेला परेका योङयालाई ईलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले भिरबाट निकाली उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

योङया बिहिबार बेलुका ५ बजे नम्बर नखुलेको पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेका थिए । घटनाको अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।