प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा छोटो लुगा लगाएर हिडेको कुरा काटेको भन्दै निर्घात कुटपिट

२०८० बैशाख ३१, आईतबार १५:०६ बजे

हेटौंडा – मकवानपुरमा छोटो लुगा लगाएर हिडेको कुरा काटेको भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको थाहा नगरपालिका वडा नंं.१२ बस्ने २७ बर्षीया शुसिला स्याङ्तानले स्थानीय ३० वषीया बिनिता मोक्तानलाई निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार शनिबार दिउँसो स्याङ्तानले छोटो लुगा लगाएर हिडेको मोक्तानले अन्य मानिषहरुसंग कुरा काटेको भन्दै बिवाद भएको थियो । सोही बिवादलाई लिएर स्याङ्तानले घरमै गएर मोक्तानलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको कार्कीले बताए ।

घाइते मोक्तान उपचारका लागि काठमाडौंस्थित ट्रमासेन्टर पुगेका छन् । कुटाईबाट घाइतेको टाउकोमा चोट लगेको र अबस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

photo: JSTOR Daily