प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एक बालिका खेल्दा खेल्दै भासिएको प्वालमा खसेपछि...

२०८० बैशाख ३, आईतबार ०२:१७ बजे

काठमाडौं – कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एकजना बालिकालाई सशस्त्र प्रहरीले करिब दुई मिटर गहिराइबाट निकालिएको छ ।

सोही महानगरपालिका–८ नागढुंगा बस्ने १२ वर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी भन्ने खबर प्रहरी पाइएको थियो । त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले बालिकालाई निकालेको हो ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुराएलगत्तै डाक्टरले मृत घोषित गरेको जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दिए ।