प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भुइँचालो

२०८० मंसिर ७, बिहीबार ०७:३० बजे

हेटौंडा – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का मकवानपुर, काठमाडौं उपत्यका, धादिङ लगायतको जिल्लामा महशुस गरिएको गरिएको केन्द्रले जनाएको छ। मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए।  हालसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।