हेटौंडा – बागमती प्रदेशका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले स्थायीत्वको लागि बर्तमान गठबन्धन बनेको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिम र कार्यशालाको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै थपलियाले स्थायी सरकार बनाएर जनताको विश्वास जितेर काम गर्ने बताए।
बर्तमान सरकारले स्वदेशमा रोजगार पाउने वातावरणको सुरुवात गर्दै लैजाने समेत उनले बताए ।
बागमती प्रदेश सरकारले स्वरोजगार बन्न अभिप्रेरित गर्नेगरी बजेट छुट्टाएको जानकारी दिए । उनले भने-जनताले सरकार छ भन्ने महसुस गराउने गरी हामी काम गर्छौं ।
उनले बिदेश जाने क्रम बढीरहेकोले यसको न्यूनीकरण गर्नेतर्फ सरकार उन्मुख रहेको जानकारी दिए ।
स्वतन्त्र विद्यार्थी युनियनहरुले धेरै काम गरेको भन्दै फोटोग्राफीको तालिम गरेकोमा खुशी व्यक्त गरे । चर्चित विधा भएका कारण संसारमा परिचय बनाउन फोटोग्राफीले धेरै मद्दत गर्ने उहाँको भनाइ थियो। फोटोग्राफी तालिमलाई सार्थक बानाउनेगरी उपयोग गर्न उनले सुझाव दिए।
स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरति पाठक, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, पत्रकार सुरेश श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारीलगायतले बोलेका थिए । ७ दिनसम्म भएको तालिममा ७५ जना सहभागी थिए ।