हेटौंडा – नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाले समिति विस्तार गरेका छन् । बर्तौलाको अध्यक्षतामा शनिबार बसेको दोस्रो बैठकले समितिमा ६ जना सदस्य मनोनित र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
दोलखाका उदम चन्द्र श्रेष्ठ, सिन्धुलीका बद्रि नारायण श्रेष्ठ, नुवाकोटको विष्णु प्रसाद नेपाल, रसुवाका गणेश प्रसाद रेग्मी, काभ्रेपलाञ्चोकका दण्डपाणी अधिकारी, सिन्धुपाल्चोकका नानीकाजी थापा प्रदेश समितिमा मनोनित गरिएको हो । यससंगै अडान बागमती प्रदेश समिति १८ सदस्यीय भएको छ ।
त्यस्तै सल्लाहकार समितिमा चितवनका केशव प्रसाद पौडेल, चितवनकै तिलक आचार्य, मकवानपुरकी कल्पना इटेनी, मकवानपुरकै रघुनाथ खराल र सिन्धुपाल्चोकका कृष्ण कुमार श्रेष्ठ रहेका छन् । बैठकले १७ औँ अडान ‘डे’ बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा लेखापरीक्षकहरुको क्षमता अभिवृद्धिको तालिम सञ्चाल गर्ने निर्णय भएको अडान बागमती प्रदेशका अध्यक्ष बर्तौलाले बताए ।
नेपाल अडिटर्स एसोसिएसन (अडान)का केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यता भएको बैठकमा अडानका निबर्तान अध्यक्ष मोहन राज रेग्मीकोबिशिष्ट आतिथ्यता रहेको थियो । बैठकमा अतिथी अडानका केन्द्रिय उपाध्यक्ष तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था पार्षद भोलानाथ पाठक, अडानका केन्द्रिय उपाध्यक्ष रामजी अधिकारी, केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षको उपस्थिती रहेको थियो ।