हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१३ का जगत बहादुर सुनार आफ्नो दृष्टिबन्धक जग्गा फिर्ता गराई पाउँ हेटौंडाको बुद्धचोकमा धर्ना बसेको दुई महिना भन्दा बढी भयो ।
उनको समस्यको विषयमा महिलेसम्म कुनै पनि निकायले चासो नदेखाएको छैन । उल्टै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले माग सम्बन्धन गर्ने आसवासन दिएर धर्ना नबस्न दवाब दिएको उनको भनाई छ ।
तर, पनि सुनारले न्याय माग गर्न छाडेका छैनन् । उनी बुधबार न्याय पाउने आसमा बागमती प्रदेशका समाजिक विकास मन्त्री कुमारी मोक्तान समक्ष पुगेका छन् । उनले मन्त्री मोक्तानलाई सहयोगका लागि अपिल पत्र बुझाएका हुन् ।
उनले हेटौंडा–१३ स्थित रहेको ११ कठ्ठा १६ घुर जग्गा व्यवसायी नियमराज शक्यसंग दृष्टिबन्धक गरी ५० हजार ऋण लिएका थिए । पटकपटक साँवा र व्याजसहितको रकम बुझाउँदा शाक्यले लिन नमानेको सुनारको भनाई छ ।
यस विषयमा पीडक शाक्य कुनै पनि निकायसंग संवाद गर्न चाहादैनन् । “जगतबहादुर सुनारलाई न्याय दिलाऔँ अभियान”,‘२५ बर्षदेखि मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ, ‘नियमराज शाक्य मेरो जग्गा फिर्ता गर ।’ ब्यानर पम्प्लेट सहित धर्ना बसेको आज बिहिबार ७७ दिन नाध्यो ।
स्थानीय सरोकारवाल ब्यक्ति र प्रशासनले पीडित र पीडक दुबै पक्षलाई राखेर मिलाउने प्रयास नगरेको भन्दै सामाजिक सञ्चालमा आलोचना समेत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, हेटौंडा नगर अध्यक्ष ध्रुब विष्टले धर्ना बसेको तस्वीर सार्वजनिक गर्दै आफ्नो फेसबुकमा जगत बहादुरले न्याय पाउन आत्मदाह गनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । ‘के अब जगत बहादुरले न्याय पाउनको लागि आत्मा दाह नै गर्नु पर्ने भो हेटौंडामा ?’ विष्टले लेखेका छन् ।