हेटौंडा – हेटौंडामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरस्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटका लागि हेटौंडा अस्पताल ल्याईएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।