प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल

२०७९ आश्विन १, शनिबार ०९:३० बजे


काठमाडौं – प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गर्नुभएको छ ।

शनिबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री डा. नारायण खड्काका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गर्नुभयो ।