हेटौंडा – यामाहा एफजेडएस भी ३ को अपडेटेड भर्सनको बाइक बिहीबार हेटौंडामा सार्वजनिक गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले राज मोटर्स हेटौंडा–४ मेनरोडमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले सार्वजनिक गरेका हुन् ।
कम्पनीले सामान्य अपडेटसतिह एफजेडएस भी ३ ल्याएको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको हेटौंडाका लागि आधिकारिक विक्रेता कम्पनी राज मोटर्सले मोटरसाइकल र स्कुटरका पारखी उपभोक्ताका लागि नयाँ नयाँ भर्सनको सुविधा उपलब्ध गराएको अध्यक्ष अग्रवालले बताए । आफू संघको अध्यक्ष भइसकेपछि यामाहाको हेटौंडाका लागि आधिकारिक वितरक राज मोटर्समा तीनवटा भर्सनका बाइक लञ्च गरेको अग्रवालले बताए ।
कम्पनीका एरिया सेल्स म्यानेजर मणिभुषण चौधरीले अपेडेटसतिह एफजेडएस भी ३ मा एलइडी ब्रेक लाइट भएको भी ३ ल्याएको बताए । यसअघिको मोडलमा बल्ब ब्रेक लाइट प्रयोग गरिएको थियो । यसमा अन्य अपग्रेडमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ भने अन्य कुनै पनि परिर्वतन गरिएको छैन । कम्पनीले नयाँ भर्सन एफजेडएस भी ३ को मूल्य ४ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण गरेको राज मोटर्सका संचालक राजन श्रेष्ठले जानकारी दिए । यस अघि विक्री हुँदै आएको एफजेडएस भी ३ को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको थियो ।
यो अपडेट मोटरसाइकलमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । यो इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकल अहिले यामाहाको सर्वाधिक सफल मोडल रहेको राज मोटर्सका संचालक श्रेष्ठले जानकारी दिए ।
मउवासंघका कोषाध्यक्ष सन्तोष अर्यालले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य, कार्यक्रमका प्रमुख अतिथि मउवासंघका अध्यक्ष अग्रवाललाई राज मोटर्सका संचालक श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।