प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक घरमा आगलागी, अन्नपात र लत्ताकपडा जलेर नष्ट

२०८० कार्तिक २५, शनिबार ०९:१३ बजे

हेटौंडा – मकवानपुर बकैया गाउँपालिका वडा नं.११ मोरङ्गेवेशी एक घरमा आगलागी भएको छ । शुक्रबार दिउँसो स्थानीय सुवास वमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बच्चाले लाईटर बालेर खेल्ने क्रममा घरमा आगलागी भएको हो । आगलागीबाट घरभित्र रहेको ५ मुरी मकै, लत्ताकपडा, भाँडाकुँडा सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।