हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाघचौरमा देउसी खेल्न जाने क्रममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाघचौरका ४१ वर्षीय सुकमान गोले रहेका छन् ।
बुधबार देउसी खेल्दै अर्को घरमा जाने क्रम्मा गोले बाघचौरको भिरबाट लडेर घम्भिर घाइते भएका थिए । उनको उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा, उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए ।
त्यस्तै जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ कल्याणटार खोल्सामा लडेर स्थानीय ५७ वर्षीय कृष्ण बम्जनको मृत्यु भएको छ । बिहिबार बाटोमा हिड्ने क्रममा लडेर कल्याणटार खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुबै घटनाको अनुसन्धान भइरेको उनले बताए ।