प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्रद्वारा सकुशल उद्धार

२०८० चैत्र २५, आईतबार २०:०४ बजे

पोखरा – कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

चैत २५ गते आइतबार साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।

उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो । हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।