प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टेम्पोको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते

२०८० बैशाख २०, बुधबार १२:५३ बजे

हेटौंडा – टेम्पोको ठक्करबाट ललितपुरमा स्कुटर चालक गम्भिर घाइते भएकी छिन् ।

ललितपुरको सातदोबाटोमा आज बा १ ह ४४ ०३ नम्बरको टेम्पोले बागमती प्रदेश ०२९०३६ प ७५ ५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नख्खिपोट घर भएकी ३१ वर्षीया श्रिसिसा श्रेष्ठ घाइते भएकी छन् ।

घाइते श्रेष्ठको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो । सवारी साधन सहित टेम्पो चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।