हेटौंडा – मकवानपुरमा एक युवकको शव फेला परेको छ।
कैलाश गाउँपालिका–६ पकने मराङसिङस्थित स्थानीय विर बहादुर ब्लोनको बारीको एक युवकको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार धादिङ गजुरी गाउँपालिका–४, भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङको शव फेला परेको हो। घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।