हेटौंडा – मकवानपुरको विद्यालयहरुमा बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउने अभियानमा हालसम्म ९० प्रतिशतले खोप लगाएका छन् ।
गएको चैत २५ गतेबाट सुरु भएको टाइफाइड विरुद्धको खोप लगाउन २४ दिनसम्म चल्ने अभियानमा हालसम्म ९० प्रतिशत बालबालिकारुलाई खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वाशु रिमालले जानकारी दिए ।
उनका अनुसार जिल्लाका १ लाख ८ हजार ४६४ जना लक्षित बालबालिका मध्ये हालसम्म ९० हजार भन्दा बढी बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाईएको छ ।
जिल्लाको बकैया गाउँपालिकामा आईतबार आईतबारबाट खोप लगाउने कार्यक्रम सुरु भएको बताउँदै जनस्वास्थ्य निरीक्षक रिमालले बैशाख १८ गतेसम्म चल्ने अभियानमा जिल्लामा बैशाख ९ गते भित्र सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम सम्पन्न हुने बताए ।