प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरका दुई युवा नेताले माओवादी छाडे, रास्वपामा गए

२०७९ चैत्र २६, आईतबार १०:०९ बजे

हेटौंडा – नेकपा माओवादी केन्द्र मकवानपुरका दुई युवा नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । वाईसियलका बागमती प्रदेश सदस्य जगदीस दाहाल र जिल्ला सदस्य एवम मनहरी गाउँपालिका सचिव संजिव पाठकले पार्टी परित्याग गरेका हुन् ।

दाहालले आज एक विज्ञप्तीमार्फत माओवादीबाट आर्थिक समृद्धि सहितको मुलुक निर्माण नहुने भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले सोही विज्ञप्तिमार्फत आफु राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएको समेत जानकारी गराएका छन् ।

उता पाठकले  सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै पाठकले माओवादी केन्द्र परित्यागको घोषणा गरेका हुन् ।गणतन्त्र, धर्म निरपेक्षता, सङ्घियता, समाबेशी समानुपातिक ब्यबस्था आउनुमा माओवादी पार्टीको भुमिका अब्बल भएता पनि आर्थिक बिकास र समृद्धिको यात्रामा कता कता पार्टी चुकेको आरोप लगाएका छन् ।

उनले यो मुलुकको आर्थिक समृद्धि सहितको बिकास र परिवर्तनको लागि नयाँ बैकल्पिक राजनैतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । उनी पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।