हेटौँडा –हाडनाता पर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै हेटौँडा उपमहानगरपालिका १५ का २५ वर्षीय युवकलाई अदालतले १५ वर्षकैदको फैसला गरेको छ ।
जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले उक्त फैसला गरेको हो ।
अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।
हाडनाता बलात्कार गरेकोमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनाएको छ ।
पीडित बालिकालाई ती युवकले बलात्कार गरेको भन्दै पीडित २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
२०७९ कार्तिकमा अदालतले युवकलाई पुर्पक्षका थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो ।