हेटौंडा – अविरल वर्षाका कारण हेटौंडा–काठमाण्डौं जोड्ने दुइ वटा सडक अवरुद्ध भएका छन् । कान्तिलोकपथ सडक र हेटौंडा–भीमफेदी, कुलेखानी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्तिलोकपथ अन्तरगत भीमफेदी गाउँपालिका–८ कालोपहिरो, बकैया गाउँपालिका–१२ मानेघुम्ती, ठिंगनबजार, चौताराभिर, बकैया–११ आहालेगाँउ र खोरभञ्याङमा पहिरो खसेर सडकखण्ड अवरुद्ध रहेको हो ।
यसैगरी हेटौंडा–भीमफेदी, कुलेखानी सडक खण्ड अन्तरगत भिमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरो खसेर बाटो पुर्णरुपमा अवरोध भएको छ । दुबै सडकमा खसेको पहिरो पन्छाउन सडक विभाग सँग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।