प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

सरकारी जग्गा बैना गर्ने पक्राउ

२०७९ जेठ १४, शनिबार ०७:२५ बजे

हेटौंडा – सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।

केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याउनुका साथै किता नम्बर ३९९ क्षेत्रफल (०-४-०-० ) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।