प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

छट पर्वको दिन हेटौंडाको राप्ती तटमा जे देखियो, हेर्नुहोस् तस्विरहरु

२०७९ कार्तिक १३, आईतबार १४:३३ बजे

हेटौंडा – छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन आज । हेटौंडा उपमहानगरपालिका–१ राप्ती तटमा आज(आइतबार)साँझ भव्य रुपमा छट पर्व मनाइएको छ ।

 

हेटौंडाको राप्ती तटमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरूले छठ पर्व मनाएका छन्।  राप्ती तटमा सूर्यलाई अर्घ्य दिन जाने व्रतालु र हेर्न जानेको घुइँचो लाग्ने गरेको छ।

छठ पर्व मनाउन राप्ती तटमा बिहानैदेखि अर्घ्य लिएर श्रद्धालुहरू पुगेका थिए। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन्।

त्यस्तै, तेश्रो दिन आज मुख्यदिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ। त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।