प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक युवकमाथि कुटपिट

२०८१ जेठ ६, आईतबार ०९:१० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ सल्लाघारीमा अपरिचित युवाहरुको समुहले एक युवकमाथि कुटपिट गरेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बालजागृती स्कुल नजिकै हेटौंडा–१६ शक्तिरोड बस्ने बर्ष–२३ को साजन रानालाई अपरिचित ३र४ जना केटाहरुको समुहले कुटपिट गरेका हुन् ।

गएराति टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थमा हेटौंडा–१६ बस्ने शंकर पाख्रिन सहितको ५र६ जनाको समुहले स्कुल नजिकै बसिरहेको अवस्थमा देखेपछि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

त्यहाँ उपचार सम्भव नभएपछि चितवनतर्फ लागेको र बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।