हेटौंडा – नेपालीहरुको महान चार्ड बडादशैंमा पशुपन्छी काटमार धेरै हुन्छ । काटमारको क्रममा तालमेल नमिल्दा पशु उम्किदा मकवानपुरमा भागाभागको स्थिती श्रृजना भएको छ ।
यो मकवानपुरको बकैंया गाउँपालिका वडा नं.४ घैयादमारको घटना हो । दशैंको अष्टमीको दिन मार हान्न क्रममा तालमेल नमिल्दा राँगो घाईते भागेको हो । स्थानीय राज कुमार सुनारको घरमा अष्टमीमा बन्चरोले मार हानेको अन्दाजी १५० किलोको राँगो घाईते भागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार राँगो भाग्ने क्रममा स्थानीय ५० बर्षीय बुद्ध सुनार सामान्य घाइते हुन पुगेका छन् । उक्त राँगोलाई देखेपछि भाग्ने क्रममा लडेर बुद्ध सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको बताईएको छ ।