प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

मकवानपुर दुर्घटना अपडेटः घाइते ४ जनाको मृत्यु

२०७९ जेठ ७, शनिबार १४:३७ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सिमखोलामा जीप दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको मृत्यु भएको छ ।

हेटौंडा तर्फबाट काठमाडौंतर्फ जादै गरेको ना ४ च २३१५ नम्बरको जीप (डिआइ गाडी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा चारै जना पुरुष रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा दुई, हेटौंडाको चुरेहिल अस्पताल र काठमाडौंको ट्रमा सेन्टरमा एक/एक जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

जिपमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएका छन् । घाइते चार जनामध्ये हेटौंडा अस्पताल दुई, चुरेहिल र काठमाडौं ट्रमा सेन्टरमा एक/एक जना उपचार भइरहेको प्रवक्ता कार्कीले बताए ।  दुर्घटनामा घाइते तथा मृत्यु भएकाको  सनाखत हुन बाँकी रहेको उनले बताए । जिप शनिबार साँझ ५ बजेको समयमा दुर्घटना भएको हो ।