हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ पुतलिबारस्थित धरान चतरा सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
पुतलीबजार तर्फबाट भुलभले तर्फ जादै गरेको बा.प्र.०३–००५ प ६३०९ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जादै गरेको बा.प्र.०३–००३ प ७१२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेहरुमा ७१२६ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१८ बस्ने बर्ष १९ को सुगम दुलाल र ६३०९ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१८ बस्ने बर्ष १९ को बिनायक दुलाल रहेका छन् । प्रहरीका अनुसार सुगमको टाउको र बाँया आखाको परेलिमा भित्रि चोट रहेको छ भने बिनायकको टाउको र भित्रि चोट लागेको छ ।
दुबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।