प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

२०८० पौष १३, शुक्रबार १४:३४ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ धरमपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं कपन बस्ने ४० भिम प्रसाद गौतम रहेका छन् ।

कान्ति लोकपथ सडक अन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.५८ प ४०९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गौतम घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका गौतमको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।