प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा हात्ती गाडी र मोटरसाइकल ठोक्कियो

२०८० मंसिर १, शुक्रबार ११:४७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमानेमा बिहीबार हात्ति गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.७ नागसोती बस्ने ५० बर्षीय श्याम कुमार भोलन रहेका छन् ।

हेटौंडा बजारबाट कमाने जाँदै गरेको बा.१२च ५१३६ नम्बरको हात्ति गाडीले बिपरित दिशाबाट जादै गरेको ना.४६प १२१७ नम्बरको
मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते भोलनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुबै सवारी र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।