काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६२४ कोरोना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
८२५ पीसीआर परीक्षण गर्दा ३९ जना र एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ८४ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा एक हजार १७८ जना सक्रिय सङ्क्रमित छन् ।