प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रेस चौतारीको स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

२०८० माघ २२, सोमबार १८:२६ बजे

हेटौंडा – प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आज बिहान हेटौंडामा प्रभातफेरी कार्यक्रम गरेर मनाइएको छ । प्रेस चौतारी नेपाल मकवानपुर साखाको आयोजनामा प्रभातफेरी गरिएको हो । हेटौंडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम बुद्धचोकमा गएर पुन सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईंले श्रमजिवी पत्रकारहरुको संस्था प्रेसचौतारी नेपालले पत्रकारहरुको हकहितका निम्ति धेरै राम्रा काम गरेको बताए।

पत्रकार महासंघमा हुँदा या नहुँदा पत्रकारको पक्षमा सधै प्रेस चौतारी एक कदम अगाडी रहेको बताए । तीन तहका पत्रकार महासंघमा प्रेस चौतारीको उपस्थिती थोरै मात्र रहँदा पनि पत्रकारका पक्षमा आफुहरु लडिरहेको हुमागाईंले बताए।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकास दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लगायतकाले शुभकामना दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।