हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–४, घोर्सिङमा आफ्नै घरको छतबाट खसेर पाँच वर्षीय बालक गम्भीर घाइते भएका छन्। स्थानीय श्याम डंगोलका छोरा समर डंगोल छतबाट खसेर घाइते भएका हुन् ।
उक्त घटना शुक्रबार साँझ करिब २१ः३० बजे भएको हो। बालकका बुबा श्याम डंगोलले घाइते बालकलाई तत्कालै उपचारका लागि हेटौडास्थित सिएमसी चुरेहिल अस्पताल पुर्याएका थिए। हाल उनको टाउकोमा गम्भीर चोट लागेको र उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।