काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो ।
आयोगले आइतबार विशेष अदालत काठमाडौँमा तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष हाल सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
यस्तो छ आरोपपत्र



