हेटौंडा – स्थानीय तहले आफुखुशी सार्वजनिक बिदा दिएको भन्दै चौतर्फि बिरोध भइरहेको सयमा मकवानपुरको बागमती गाउँपालिकाले आज(सोमबार) र भोलि(मंगलबार) सार्वजनिक विदा दिएको छ । आइतबार गाउँपालिकाले सूचना जारी गर्दै सोमबार र मंगलबार दुई दिन विदा दिने जानकारी दिएको हो ।
मगर संघ स्थापना दिवस र माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो । गाउँपालिकाको आइतबार बसेको बैठकले फागुन १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवसको सार्वजनिक विदा दिएको हो । यस्तै, फागुन १६ गते मंगलबार माझी समुदायको मौलिक पर्व लदी ९कोशी पर्व०को अवसरमा विदा दिइएको सूचनामा उल्लेख छ ।
