हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंं.५ तिनतलेमा गएराति मालबहाक ट्रक दुर्घटना भएको छ ।
धरान–चतरा सडकखण्ड अन्तर्गत नवलपरासीबाट सिन्धुली जाँदै गरेको ना.८ ख ४०९६ नम्बरको सिमेन्ट लोड भएको ट्रक ब्रेक फेल भएर सडकबाट अनियन्त्रित भएर जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक अनियन्त्रित भएर करिब ४५/५० मिटर जंगलमा खसेको छ । ट्रक दुर्घटना हुँदा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।



