प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लियोनल मेस्सी निलम्बनमा

२०८० बैशाख २०, बुधबार ०२:२९ बजे

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

निलम्बन अवधिमा मेस्सीले पीएसजीमा प्रशिक्षण र खेल्न पाउने छैनन् । मेस्सीले पछिल्लो पटक आइतबार लोरिएन्टविरुद्धको खेल खेलेका थिए । ३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताईएको छ ।

साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका मेस्सीलाई क्लबले जरिवाना समेत गरेको छ । विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ।