काठमाडौं – आगामी असार ६ देखि १८ गते अर्थात असार ६ देखि १८ गतेसम्म भारतमा हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।
सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । जसमा कुवेत र लेबनान पहिलो पटक च्याम्पियनसिपमा सहभागि हुने भएको हो । फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् ।
नेपाल कठिन समुहमा
नेपाल साफ च्याम्पियनसिपको कठिन समुहमा रहेको छ । सेमिफाइनलमा स्थिान बनाउनका लागि नेपालले आफु भन्दा बालियो दुई प्रतिद्वन्दीको सामना गर्नुपर्ने हुन्छ । त्यो तेति सहज छैन । फिफा वरीयता अनुसार भारत १०१ औं स्थानमा रहँदा कुवेत १४३औं स्थानमा रहेको छ भने नेपाल १७४औं स्थानमा छ । नेपाल भन्दा तल्लो वरीयतामा पाकिस्तान १९५ औँ स्थानमा छ ।
त्यस्तै वरीयता अनुसार यि आठ टोली मध्ये सबैभन्दा कलियो लेबनान रहेको छ । लेबनान वरीयताको ९९औं स्थानमा रहेको छ । भुटान १८५, बंगलादेश १९२ र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३९० ले पराजित भएको थियो ।