प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको राक्सिराङबाट दुई युवक पक्राउ

२०७९ फाल्गुन १८, बिहीबार ०७:१८ बजे

हेटौंडा – मकवानपुर, राक्सिराङ गाउँपालिका–५, प्रहरी चौकी चैनपुरबाट लागऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी बिश्रामपुर ग्राम बस्ने १७ वर्षीय दिपु कुमार चौहान र २० वर्षीय बिक्की कुमार चौहान रहेका छन् ।

प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले पलासेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५७०१ नम्बरमा सवार दिपु र बिक्कीलाई चेकजाँच गर्दा लागुऔषध गाँजा ४ किलो ६०० ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । लागुऔषध गाँजा सहित दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।