प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सुमोले मोटरसाइकलाई दियो ठक्कर

२०७९ श्रावण २९, आईतबार १६:१७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ मा गौरिटारमा सुमोले मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाईते भएका छन् ।

हटियाबाट कमानेतर्फ जाँदै गरेको बा.४० प ६०६८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको ना १ ज २४२७ नम्बरको सुमोले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

घाईते हुनेमा हेटौडा उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय पुष्कल श्रेष्ठ र पछाडी सवार ४५ वर्षीय जुनेली श्रेष्ठ रहेका छन् । घाईते दुबैजना स्वस्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।