प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको भिमफेदीमा फेरि सवारी पल्टियो

२०७९ आश्विन ९, आईतबार १६:०५ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिकामा फेरि सवारी पल्टिएको छ । भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौडातर्फ आउँदै गरेको ना१ज ५५२३ नम्बरको सुमो गाडी आफै अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

आईतबार दिउँसो सुमो पल्टिदा सुमोमा सवार एक बच्चा र चालक सहित ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनीहरुको प्राथामिक स्वास्थ्य केन्द्र भिमफेदीमा सामान्य उपचार पश्चात हेटौडा अस्पताल ल्याईएको कार्कीले बताए ।

कार्कीका अनुसार घाइतेमध्ये दोलखा जिरी बस्ने २१ वर्षीया सम्झना तामाङकी तीन महिना छोरो निमा तामाङको अवस्था गम्भीर रहेको छ । उनको थप उपचारको लागि भरतपुर चितवन रिफर गरिएको उनले बताए ।

यसअघि बिहिबार भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मिनी बस दुर्घटना हुँदा ७ जना मृत्युको भएको थियो भने २७ जना घाइते भएका थिए ।

घाईतेहरुः–
१ जिल्ला दोलखा जिरी बस्ने बर्ष २१की सम्झना तामाङ छातिमा चोट अबस्था मध्यम ।।
२ निजकै बच्चा बर्ष अ.१ को अबस्था मध्यम
३ जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१४ कालापानी बस्ने बर्ष अ.४० की सिता गोले अबस्था सामान्य।
४ जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने बर्ष अ.३८ की कृष्ण माया मोक्तान छातिमा ठोकियको अबस्था सामान्य ।
५ जिल्ला मकवानपुर बकैया गा.पा.२ बस्ने बर्ष १९ की डोल्मा मया ब्लोन सामान्य ।
६ ऐ.ऐ.धियाल बस्ने बर्ष ३२ की सृजना माया थोकर सामान्य ।
७ ऐ.ऐ.धियाल बस्ने बर्ष १९ की ज्ञ्यानी तामाङ सामान्य ।
८ ऐ.ऐ.धियाल बस्ने बर्ष ३६ को हस्त ब.ब्लोन छातिमा चोट अबस्था मध्यम ।
९ ऐ.ऐ.धियाल बस्ने बर्ष २९ की उर्मिला तितुङ अबस्था सामान्य ।
१० जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१९ नेवारपानी बस्ने बर्ष ४० की बिपना वाईबा सामान्य ।