प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ट्याक्टरको ठक्करबाट एक बालिका गम्भीर घाइते

२०८० असार २७, बुधबार ०२:४७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा ट्याक्टरले ठक्कर दिँदा मंगलबार एक वालिका गम्भीर घाईते भएकी छिन् । घाइते हुनेमा हेटौंडा–१, चौकीटोल बस्ने कान्छीमाया घलानको छोरी ८ बर्षीय रिया मोक्तान रहेकी छन् ।

प्रहरीका अनुसार रियाको टाउकोमा चोट लागेको छ । उनको हेटौंडा अस्पताल पठाइएकोमा अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुर रिफर गरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

मंगलवार हेटौंडा–१ तरकारी बजार नजिकै तरकारी बजारबाट चौकीटोल तर्फ आउँदै गरेको बा.प्र.–०३–००१त ०४९० नं।को ट्याक्टरले पैदल यात्री कान्छीमाया घलानको छोरी रिया मोक्तानलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।