प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

२०८० कार्तिक १९, आईतबार १३:३६ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरेमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय श्रीकृष्ण पुरीको छोरा बर्ष ५ को रुप पुरी रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउदै गरेको भे ८ प ६७८५ नम्बरको मोटरसाइकलले शनिबार साँझ रुपलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइते बालकको तत्काल उद्धार गरी हेटौंडा अस्पतालमा लगिएको थियो ।

हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि शनिबारनै चितवनमा रिफर गरिएको थियो । बालकको टाउकोमा चोट लागेको छ ।  उनको अहिले पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।