हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा बजार क्षेत्रको मुख्य सडक विस्तारविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गरेको हो ।
गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौंडा बजारको सडकविस्तारविरुद्धमा परेका ३२ वटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदन सर्वोच्चले खारेज गरेसंगै हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारको बाटो खुलेको छ ।
यसअघि सडक डिभिजन कार्यालय हेटौंडाले सुचना जारी हेटौंडा बजारको मुख्य सडकमा पर्ने २५ गज क्षेत्रको भौतिक संरचना हटाउन भनेको थियो । तर केही घरधनी र व्यवसायीहरुले क्षतिपूति माग गदै आन्दोलन गरेका थिए भने सर्वोच्चमा रिट निवेदन दिएका थिए ।