हेटौंडा – हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ । एक महिना अगाडी अस्पतालमा उपचार गर्न लगिएका बिरामीको उपचारमा डाक्टरले लापरबाही कारण मृत्यु भएको भन्दै दुई जना डाक्टरमाथि कुटपिट भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार एक युवाहरुको समुहले अस्पतालभित्रै डा. बिकास थापा र डा. प्रशान्त बिडारीलाई कुटपिट गरेको हो ।
एक महिना अगाडी स्वास्थ्य समस्या लिएर सञ्चो अस्पतालमा उपचारका लागि गएका पुरुषमा डेङ्गु पुष्टि भएको थियो । थप उपचारका लागि चितवन लगिएको विरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।