हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६, लच्का कत्लेखोलास्थित एक वृद्धा मृत अवस्थामा फेला परेका छन् । देश भारत, मोतिहारी ठाना थम्पापुर घर भएका ७० वर्षीया किस कुमारी मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उनी लच्का कत्लेखोला स्थितमा डेरा गरी बस्दै आएकी थिइन् । राती खाना खाएर सुतेकी उनी बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ प्रहरीले घटनास्थल मुचुल्का सहित थप अनुसन्धान गरिहेको जनाएको छ ।