हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ ज्यामिरेमा तातो पानीले पोल्दा एक बालिका गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा अन्जित तामाङको ३ वर्षीय छोरी पेम्बा मोक्तान रहेकी छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार उनको घरमा कुखुरा काटेर कुखुरा सफा गर्नको लागि भाँडामा उमालेर राखेको पानीले पोली घाईते भएकी थिइन् । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । त्यहाँ उपचार संभव नभएपछि किर्तिपुर अस्पताल काटमाण्डौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको शरिरीर करिब ९८ प्रतिशत भाग पोलेको प्रहरीले जनाएको छ ।