प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा रुखको हाँगा भाँचिएर खस्दा एक जनाको मृत्यु

२०८१ पौष ७, आईतबार १४:१६ बजे

हेटौंडा – मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडा जंगलमा आइतबार बिहान रुखको हाँगा अचानक भाँचिएर खस्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षका माहादेव प्रजा रहेका छन् ।

राक्सिराङ गाउँपालिका–०५ ठाडे गाउँका ९/१० जना मानिसहरू पानीको कुलो खन्न जंगलमा गएका थिए। कुलो खन्ने क्रममा सिमलको रुखको हाँगा अचानक भाँचिएर खस्दा ५०–५२ वर्षका माहादेव प्रजालाई लागेको थियो। गम्भीर चोटका कारण घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।