हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका वडा नं.१ बस्ने १९ बर्षीय बिबेक बिक रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ख ४८४३ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार बिकको साथबाट नाईट्रोभेट ३० वटा ट्याब्लेट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उक्त लागुऔषध सहित विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।